दफा ३०
नेपाल सरकारको विशेषाधिकार
: यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम अन्तर्गत गठित ट्रेड यूनियन वा ट्रेड यूनियन संघ वा ट्रेड यूनियन महासंघको काम कारवाहीबाट असाधारण परिस्थिति सृजना भई देशको शान्ति सुरक्षामा खलल पार्न सक्ने देखिएमा वा देशको आर्थिक
हितको प्रतिकूल हुने भएमा त्यस्ता काम कारवाहीमा रोक लगाउन नेपाल सरकारले आवश्यक आदेश वा निर्देशन दिन सक्नेछ ।